Logo

ईश्वरपुरको मेयरमा कांग्रेसका मनोज कुमार आचार्यको शानदार जित

सर्लाहीको ईश्वरपुर नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । ईश्वरपुर नगरपालिकाको मेयर पदमा कांग्रेसका मनोज कुमार आचार्य विजयी भएका हुन् भने उपमेयरमा पनि कांग्रेसकी रंजितादेवी चौधरी विजयी भएकी छन् । आचार्यले कुल ८४८० मत प्राप्त गर्दा, निकटतम प्रतिस्पिर्धी एमाले उम्मेदवार एवं निवर्तमान मेयर मनोजकुमार देवकोटाले ५९६० मतमात्र प्राप्त गरे ।

रंजितादेवीले एमाले उम्मेदवार एकावती देवी चौधरीलाई १९१५ मत अन्तरले पछि पार्दै विजयी भएकी हुन् । कांग्रेसकी चौधरीले ८२६८ मत प्राप्त गर्दा एमालेकी एकावती देवीले ६३५३ मतमात्र प्राप्त गरिन् । यो सँगै कांग्रेसले सर्लाहीको ११ पालिकामा विजय हासिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्