Logo

२६ बर्षीय युवाको उदाहरणीय काम : बार्षिक आठ हजार बिरामी कुरुवालाई सेवा दिदै

दिपक गिरी
काठमाडौँ। २६ बर्षीय युवाको अगुवाईमा काठमाडौँको गौरीघाटमा बिरामी कुरुवा घरको भवनको निर्माण कार्य भैरहेको छ। यस भवन सम्पन्न भए संगै आर्थिक अवस्था कम्जोर भएका आठ हजार बिरामी कुरुवाले सेवा पाउने बिरामी कुरुवा घरको संस्थापक अधक्ष्य बब्लु गुप्ताले बताए।

नेपालको विभिन्न जिल्लाबाट बिरामीलाई उपचार गर्न आएका कुरुवाहरुले यस भवनमा बस्न पाउने छन्। आर्थिक रुपले कम्जोर बिरामीको उपचार औषधि खर्चमा धेरै पैसा लाग्ने भएकाले यस भवनमा नि : शुल्क खाना र बस्न पाउने भएको गुप्ताले बताए। भवन तिन तलाको बन्ने र त्यसमा २४ ओटा कोठा रहने जनाइएको छ। १ बर्षमा निर्माण सम्पन्न सक्ने योजना रहेको उक्त भवनको कुल बजेट ५७ लाख रहेको उनले बताए।

“उनी भन्छन, यस भवनले बार्षिक आठ हजार ६ सय ४० जना मानिसलाई सेवा प्रदान गर्न सक्छ। भवनलाई महामारीको समयमा उचित सुरक्षाहरु अपनाएर होल्डिंग/क्वारेन्टाइन केन्द्रको रुपमा पनि प्रयोग गर्न सकिन्छ। कुरुवा घरको आर्थिक सहयोग विभिन्न संघ संस्था , साथीभाई र संगठनका व्यक्ति बाट उठाएर भवन निर्माण कार्य अघि बढाए र भवनको ४० प्रतिशत निर्माण सम्पन्न भइ सकेको उनले बताए।” सामन्य परिवारमा जन्मेका उनि ६ वर्ष अगाडी आफ्नो भविष्य खोज्न काठमाडौँ आएका थिए। काठमाडौँको बसाई उनको लागि निकै संघर्षपूर्ण रहेको बताउछन। विभिन्न बाधा र अवरोधको बीच आफ्नो पढाईलाई अगाडी बढाएको र सामाजिक कार्यमा निकै रुचि भएको कारण विभिन्न सामजिक कार्यहरुमा आफै अघि सरेर सहयोग गर्ने गर्दथे। आफु संगै पढेका साथिहरु संगको सहयोगमा उनले हन्ड्रेडस ग्रुपको स्थापना गरे काठमाडौँमा बसेर आर्थिक अभाव झेल्नु परेका भिभिन्न व्यक्तिहरुको समस्याहरुलाई सहयोगी दाता सम्म पुर्याउने माध्यम बन्यो यस संस्था । भुकम्प गएको बेला अथवा बाढी पहिरो गएको बेला सहयोगी दाताहरुले सहयोग गरेको रकम लिएर आफ्नो ज्यानको जोखिम मोलेर भिभिन्न ठाउँमा पुगेर हन्ड्रेडस ग्रुपले सहयोग गरेको उनी बताउछन।

सामजिक कार्यमा अग्रसर रहेका बब्लु गुप्ता नेपालको पहिलो नि : शुल्क कपडा बैंकको स्थापना गर्ने व्यक्ति हुन्। कोभिडको लक्डाउनको बेला खुला मंच काठमाडौँमा १० महिनासम्म घरबार बिहिन र ज्याला मजदुरी गर्ने सयौंलाई खान समेत खुवाएका थिए।

प्रतिक्रिया दिनुहोस्