Logo

बालेनले कटाए ४० हजार मत, अब ८७ हजार मत गणना बाँकी…..(भिडियो सहित)

काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) ले अग्रता कायमै राखेका छन् । १ लाख १२ हजार १२७ मतगणना हुँदा उनले ४० हजार ३ मत प्राप्त गरेका छन् । बालेनलाई पछ्याइरहेकी कांग्रेसकी सिर्जना सिंहले २२ हजार ७४९ मत प्राप्त गरेकी छन् । उनी बालेनभन्दा १७ हजार २५४ मतले पछाडि छिन् ।

त्यस्तै, तेस्रो स्थानमा रहेका नेकपा एमालेका केशव स्थापित २२ हजार ९५ मत पाएका छन् । उनी सिर्जनाभन्दा ६५४ मतले पछाडि छन् । अब ८७ हजार मत गणना गर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्