Logo

यस्तो मोबाइल प्रयोग गर्छन बिल गेट्सले

माइक्रोसफ्टका संस्थापक अर्बपति बिल गेट्सले कुन ब्राण्डको मोबाइल फोन प्रयोग गर्दछन् होला अहिले ?

बिल गेट्स स्वयं आफूले स्थापना गरेको माइक्रोसफ्टको फोन प्रयोग गर्दैनन् । उनले सबैभन्दा सुरक्षित र प्रिमियम मानिएको आइफोन पनि प्रयोग गर्दैनन् । खासमा गेट्सले एक फोल्डेबल फोन प्रयोग गर्दछन् । बिल गेट्सले प्रयोग गर्ने फोनको नाम सामसुङ ग्यालेक्सी जेड फोल्ड थ्री हो । 9 to 5 google को रिपोर्ट अनुसार सोसल मिडिया साइट रेडिटमा सेसनका क्रममा गेट्सले उक्त कुराको खुलासा गरेका हुन् । ग्यालेक्सी जेड फोल्ड थ्री स्क्रिनका कारण एक उत्कृष्ट फोन रहेको र आफुले त्यो सँगै पोर्टेबल पर्सनल कम्प्युटर पनि प्रयोग गर्ने उनले बताएका छन् ।

विन्डोज र सामसुङबीचको सहकार्यका कारण बिल गेट्सले ग्यालेक्सी फोन बोक्ने गरेको हुनसक्ने अनुमान गरिएको छ । यस अगाडी पनि गेट्सले आफुले एप्पल आइफोनको साटो एन्ड्रोइड फोनको प्रयोग गर्ने गरेको बताएका थिए ।सामसुङ ग्यालेक्सी जेड फोल्ड थ्रीमा ६.२ इन्चको एचडी प्लस एमोलेड डिस्प्ले रहेकेा छ । यसको रिफ्रेस रेट १२० हर्ज छ । अनफोल्ड गर्दा यसको डिस्प्ले ७.६ इन्चको छ । यसको पछाडिपट्टि ट्रिपल रियर क्यामरा सेटअप रहेको छ । साथै यसमा ४४०० मिलिएम्पियर आवर क्षमताको ब्याट्री रहेको छ ।

सामसुङ ग्यालेक्सी जेड फोल्ड थ्रीमा १२ गिगाबाइटको र्याम छ भने २५६ जिबी र ५१२ जिबी मेमोरीका दुई मोडेल उपलब्ध छन् ।

प्रतिक्रिया दिनुहोस्