Logo

विजय उत्सव मनाउन सार्वजनिक बिदा

सप्तरीको रुपनी गाउँपालिकाले नवनिर्वाचित जनप्रतिनिधिहरूको विजय उत्सव मनाउने प्रयोजनका लागि सोमबार पालिकाभरि सार्वजनिक बिदा दिएको छ ।

रुपनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरबिन्दकुमार चौधरीले सोमबार सूचना प्रकाशित गर्दै नवनिर्वाचित अध्यक्ष दिनेशकुमार यादवको आदेशअनुसार सार्वजनिक बिदा दिइएको जनाएका छन् ।

‘विजय उत्सव मनाउने प्रयोजनका लागि रुपनी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष दिनेशकुमार यादवको आदेशानुसार गाउँपालिका क्षेत्रभित्रका सरकारी कार्यालय, संघसंस्था, शिक्षण संस्था, स्वास्थ्य संस्थालगायत सम्पूर्ण कार्यालयहरूमा आज मिति २०७९ जेठ ९ गते सोमबारका दिन सार्वजनिक बिदा दिइएको व्यहोरा जानकारीका लागि अनुरोध छ‚’ अधिकृत चौधरीद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

आइतबार दिउँसो सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार रुपनी गाउँपालिकाको अध्यक्षमा लोसपाका दिनेशकुमार यादव र उपाध्यक्षमा लोसपाकै पुष्पाकुमारी श्रेष्ठ निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्