Logo

गौतमबुद्ध विमानस्थलमा एक्कासि रोकियो जहाज

कुवेतबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको जजिरा एयरवेजको जहाज सोही विमानस्थलमा रोकिएको छ ।
विमानस्थलका एक अधिकारीका अनुसार जहाजमा चरा ठोक्किएको आशंका गरिएको छ । तर, धावनमार्गमा कतै पनि अवशेषहरु नदेखिएका जानकारी छ । जहाजको बाहिरी भागमा रगतको छिट्टाहरु देखिएका कारण चरा इन्जिन भित्र घुसेको छ की भन्ने आशंकामा जहाज रोकिएको ती अधिकारीले जनाएका छन् ।

उनका अनुसारराजधानीबाट इन्जिनियरहरु पुगेपछि जहाजको इन्जिनमा चेकजाँच गरिने बताएका छन् । त्यसपछि मात्र जहाज उड्नेछ । ‘बाहिरी भागमा कुनै क्षति भएको छैन, अवतरण पनि सामान्य भएको थियो,’ ती अधिकारीले भने, ‘कतै इन्जिनको भित्रि भागमा चरा पुगेको छ की भन्ने आशंकाले जहाज रोकिएको हो ।’ राति पौने २ बजे अवतरण गरेको जहाज राति नै कुवेत फर्कनु पर्ने थियो ।

प्रतिक्रिया दिनुहोस्