Logo

मुलुकलाई विकास र समृद्धिको बाटोमा अगाडि बढाउनका लागि गठबन्धन भएको : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान र मुलुक बचाएर समृद्ध नेपाल बनाउने उदेश्यले बनेको वर्तमान गठबन्धन प्रदेश र आम चुनावसम्मै जाने बताएका छन् ।सोमबार तनहुँको व्यास नगरपालिको विजय र्‍यालीपछि सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले राजनीति र अहिलेको व्यवस्थालाई स्थायीत्व दिएर मुलुकलाई विकास र समृद्धिको बाटोमा अगाडि बढाउनका लागि परिवर्तनका पक्षधर पाँच दलका बीचमा गठबन्धन भएको दाबी गरे ।

उनले व्यास नगरवासी र तनहुँवासीले मुलुक बचाउने, संविधान बचाउने र नेपाललाई विकास र समृद्धिको बाटोमा अगाडि बढाउने अभियानमा कांग्रेसलाई जिताएर सहयोग गरेको भन्दै आभार व्यक्त गरेका थिए ।

नेता पौडेलले व्यवस्थालाई स्थायी बनाउने, विकास र समृद्धिलाई अगाडि बढाउने र भ्रष्टचार मुक्त नेपाल बनाउने आफ्नो अभियानमा व्यास नगरवासी र तनहुँवासीले होस्टेमा हैंसे थपिदिएकोमा खुसी व्यक्त गरेका थिए ।उनले सत्तारुढ गठबन्धनमा आवद्ध परिवर्तनका पक्षधरहरुको अभियान नेपाललाई समृद्ध बनाउने र नेपाललाई बचाउने अभियान भएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्