Logo

साझको समयमा साँझ १२ वर्षीया बालिका बलात्कृत

रुपन्देहीको तिलोत्तमा नगरपालिकाकी १२ वर्षीया बालिका बलात्कृत भएकी छिन् । तिलोत्तमा–५ सीमानगरकी बालिका आइतबार साँझ बलात्कृत भएकी हुन् ।बालिकालाई मिठाई खान जाने प्रलोभन देखाएर चिनजानका छिमेकीले नजिकैको तिनाउ खोलामा लगेर बलत्कार गरेको प्रहरीले जनाएको छ । बालिका चिच्याएपछि स्थानीयले उद्धार गरी प्रहरीलाई खबर गरेको थियो ।

बलात्कार गरेको अभियोगमा प्रहरीले बुटवल उपमहानगरपालिका–११ का ५९ वर्षीय पुरुषलाई पक्राउ गरेको छ । ती व्यक्तिविरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरी थप अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले बताए । अभियुक्तले बालिकालाई बलात्कार गरेको स्वीकारेको पनि प्रहरीले जनाएको छ ।बालिकालाई लुम्बिनी प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचार गरी घर पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्