Logo

टिकट बिक्रीमा प्रभाव परेको र वर्षाको कारण सलमान नआएको खुलासा

बलिउड अभिनेता सलमान खानको नेपालमा आयोजना हुने भनिएको सांगीतिक टुर ‘दबंग टुर रिलोडेड’ फेरि सरेको छ । १४ जेठमा दशरथ रंगशालामा हुने भनिएको टुर अन्तिम समयमा आएर आयोजक पक्षले स्थगित गरेको हो । मंगलबार एक विज्ञप्ति जारी गर्दै आयोजक ओडीसी इन्टरटेन्मेन्टले चुनावका कारण टिकट बिक्रीमा प्रभाव परेको र वर्षाको समय भएकोले कार्यक्रम अहिलेलाई स्थगित गरिएको जानकारी गरिएको थियो।

कार्यक्रम स्थगित भएसँगै अब सलमानको टुर नेपालमा नहुने र आयोजकले फेरि पनि सर्वसाधारणको पैसा उठाएर खाएको चर्चा हुन थालेको छ । के अब सलमानको कार्यक्रम हुँदैन त ? सलमानको कार्यक्रम अहिले केही समयलाई मात्र स्थगित गरिएको आयोजक मध्येका एक शिव सुवेदीले बताए । ‘अहिले समय अनुकूल र टिकट पनि राम्रो बिक्री नभएकोले कार्यक्रम सारेका हौं’ सुवेदीले जानकारी दिए , ‘सलमान र बलिउड टिमसँग नयाँ मितिका लागि कुराकानी भइरहेको छ ।’ छिट्टै कार्यक्रमको नयाँ मिति सार्वजनिक हुने सुवेदीले सुनाएका छन् । उनले थपे, ‘सकभर दशै अगाडि गर्ने कोसिसमा छौ । केही दिनमै निर्णय हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्