Logo

१० महिने अवधिमा १६ खर्ब ४ अर्ब रुपैयाँ बाहिरिए

मुलुकको वस्तु आयातमा चालु आर्थिक वर्षको साउनदेखि वैशाख मसान्तसम्मको १० महिने अवधिमा १६ खर्ब ४ अर्ब रुपैयाँ बाहिरिएको छ । भन्सार विभागले हालै सार्वजनिक गरेकाे तथ्यांकअनुसार १० महिनामा सो रकमको वस्तु आयात भएको हो । सो रकम गत आर्थिक वर्षको यसै अवधिको तुलनामा करिब २७.९५ प्रतिशत बढी हो ।

यस अवधिमा मुलुकले भने वस्तु निर्यातबापत १ खर्ब ७३ अर्ब रुपैयाँ आर्जन गरेको छ । निर्यात गत वर्षको सोही अवधिको तुलनामा ५९ प्रतिशत बढी हो । प्रतिशतका आधारमा निर्यातको वृद्धिदर धेरै देखिए पनि रकमका आधारमा निर्यातको हिस्सा सानो भएकाले यसले ब्यापार घाटालाई राहत दिन सकेको छैन । १० महिनामा मुलुकको ब्यापार घाटा १४ खर्ब ३१ अर्ब रुपैयाँ छ । यो घाटा गत वर्षको यसै अवधिको तुलनामा २४.९ प्रतिशत बढी हो । कुल ब्यापारमा नेपालको निर्यात अंश जम्मा ९.७५ प्रतिशत मात्रै छ ।

प्रतिक्रिया दिनुहोस्