Logo

रोयलले जेभिय इन्टरनेसरनल कलेजलाई ४२–१२ को फराकिलो अन्तरले पराजित

गोदावरी अल्मुनाइ एसोसिएसन (जीएए) द्वारा आयोजित प्रतियोगिताको फाइनलमा रोयलले जेभिय इन्टरनेसरनल कलेजलाई ४२–१२ को फराकिलो अन्तरले पराजित गर्‍यो । रोयलकी प्रतिक्षा मगरले ११ अंक जोडेकी थिइन् ।रोयल सबै क्वाटरमा अगाडि रह्यो । पहिलो क्वाटरमा १३–२ को अग्रता लिएको रोयल दोश्रोमा ६–६ को बराबरीमा रोकियो । रोयलले तेश्रोमा १७–० र चौथोमा ६–४ को प्रदर्शन गर्दै जित अन्तर फराकिलो बनाएको थियो । रोयलले २५ हजार तथा जेभियरले १५ हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

सानागाउँस्थित आयोजक रोयलकै कोर्टमा भएको प्रतियोगितामा रोयलकी मिना गुरुङ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भइन् । आईएसए नेपाल उदीयमान टिम चुनियो । विजेतालाई महालक्ष्मी नगरपालिकाका मेयर हरिगोविन्द श्रेष्ठ र जीएएका अध्यक्ष प्रकाशबाबु केसीले एक कार्यक्रमबीच पुरस्कृत गरे । साताव्यापी प्रतियोगितामा ४ टिमले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्