Logo

ठूलठूला टावरहरु होइन, मुलुकलाई रोजगारी र उत्पादनका आवश्यकता छ : माधवकुमार नेपाल

पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालमा सिपिङ इन्ड्रष्टिको कुनै काम नभएको बताएका छन् । प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा बोल्दै बजेटमा निकै राम्रा कुराहरु रहेपनि केही नराम्रा कुराहरु पनि समेटिएको र सोमा आफ्नो असहमति भएको बताएका छन् । ‘नीति तथा कार्यक्रममा धेरै राम्रा कुराहरु समेटिएका छन् । कृषिलाई प्राथमिकता दिँदै उत्पादनमा जोड दिने कुरा, पर्यटन, रोजगारीलाई जोड दिने कुरा यस्ता धेरै कुराहरु समेटिएका छन् । तर यति हुँदाहुँदै पनि नीति तथा कार्यक्रममा केही बेठीक कार्यक्रमहरु पनि समेटिएका छन्’ नेता नेपालले भने, ‘नेपालमा ठूलठूला सिपिङ इन्ड्रष्टिको कामै छैन । मेरो यसमा सहमति छैन ।’

देशलाई ठूलठूला टावरहरु होइन, मुलुकलाई रोजगारी र उत्पादनका आवश्यकता रहेको भन्दै नेपालले यसतर्फ कसरी विकास गर्न सकिन्छ त्यसबारेमा सोच्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्