Logo

शाहरुख खानका छोरा आर्यनलाई नार्कोटिक्स कन्ट्रोल ब्युरोले सफाइ

लागूऔषध प्रकरणमा बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यनलाई नार्कोटिक्स कन्ट्रोल ब्युरोले सफाइ दिएको जानकारी छ । सन् २०२१ को अक्टोबरमा आर्यन मुम्बई क्रुजको लागूऔषध मुद्दामा पक्राउ भएका थिए । ब्यरोले त्यहाँको एनडीपीएस अदालतमा दायर गरेको ६ हजार पृष्ठको चार्जसिटमा मुख्य आरोपी मानिएका आर्यनलाई सफाइ दिइएको हो ।

यस मामिलामा अक्टोबर २ मा पक्राउ परेका आर्यनलाई २६ दिनपछि जमानत मिलेको थियो । अनुसन्धानपछि आर्यनलाई ६ नोभेम्बरमा जमानत दिइएको थियो । यो मामिलामा आर्यनसहित १९ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो । एनसीबीका प्रमुख सञ्जयकुमार सिंहले आर्यन र मोहकलाई छाडेर सबै आरोपीले नशालु पदार्थ सेवन गरेको पाइएको बताए । बाँकी १४ आरोपीविरुद्ध विभिन्न धारामा रहेर चार्जसिट दायर हुनेछ ।

प्रतिक्रिया दिनुहोस्