Logo

सर्वोच्च अदालतको फैसलाले नेपालको विकासमा दूरगामी असर पार्ने

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने निर्णय बदर गर्ने सर्वोच्च अदालतको फैसलाले नेपालको विकासमा दूरगामी असर पार्ने बताएका छन् ।

शुक्रबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले वीरगंजलाई काठमाडौंसँग जोड्ने सबैभन्दा भरपर्दो विमानस्थल निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नै भएको बताएका थिए ।

‘अहिले जुन घटना घटेको छ, यो घटनाले हाम्रो विकासलाई ठूलो दूरगामी असर गर्छ भन्ने हो’ उनले भने ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले आन्तरिक पर्यटक पनि धान्न नसक्ने अवस्था भएकाले पनि आफू प्रधानमन्त्री भएका बेला सो परियोजनालाई राष्ट्रिय गौरवको परियोजनाको रुपमा अघि बढाएको पनि भट्टराईले स्मरण गरे ।

प्रतिक्रिया दिनुहोस्