Logo

इलन मस्कमाथि ट्वीटरका सेयरधनीले मुद्दा हाले

इलन मस्कमाथि ट्वीटरका सेयरधनीले मुद्दा हालेका खबर सार्बजानिक भएको छ । कम्पनीको सेयर मूल्य घटाउन नियोजित भूमिका खेलेको आरोप उनीमाथि लागेको छ । ४४ बिलियन डलरमा ट्वीटर किन्ने सम्झौता गरेयता मस्कले ट्वीटरसँग अनेक विवरण मागिरहेका छन् । ती उपलब्ध नगराएसम्म खरिद सम्झौता यथास्थितिमा राख्ने उनको भनाइ रहेको छ । यसले ट्वीटरको सेयर मूल्य खस्काउन सहयोग गरेको कम्पनीका लगानीकर्ताको भनाइ छ ।मस्कले ट्वीटर नकिन्न वा आफूले किन्ने ४४ बिलियन डलरबाट भाउ घटाउन यस्तो चाल गरेको हुन सक्ने कतिपयको अनुमान छ । विद्युतीय गाडी, टेस्लाका मालिक मस्कले ट्वीटरसँगको सम्झौताप्रति द्विविधा सिर्जना गरेर त्यसबाट फाइदा उठाउन खोजेको सेयरधनीहरूको आरोप छ ।

सान फ्रान्सिस्कोस्थित संघीय अदालतमा बुधबार मुद्दा दायर गरिएको रोयटर्सले जानकारी दिएको छ । समाचारअनुसार भर्जिनियाका विलियम हेरेस्निआकले मुद्दा हालेका हुन् । मस्कले ट्वीटरका मार्फत एकाउन्ट (स्वचालित एकाउन्ट)को वास्तविक तथ्यांक उपलब्ध नगराएसम्म ट्वीटर खरिद प्रक्रिया अघि नबढाउने बताएका छन् । ट्वीटरमा मानिसहरूको एकाउन्टभन्दा धेरै बट एकाउन्ट रहेको बारे थाहा हुँदाहुँदै मस्कले यसमा अड्को थापिरहेकोमा विलियमको आपत्ति छ ।

प्रतिक्रिया दिनुहोस्