Logo

‘मिस्टर एण्ड मिस सुपरनेसनल’को फाइनलका लागि भार्गोस र पोर्सिल्ड नेपालमा

काठमाडौँ – ग्लोवल स्कुल अफ साइन्स र रिजभोल कस्मेटिकको प्रायोजन र सुनर्वि इन्टरनेशनल प्रा.लिको प्रस्तुति रहेको सुनर्वि फाइनरी ‘मिस्टर एण्ड मिस सुपरनेशनल २०२२’ आज (आइतबार) साँझ होटल सोल्टीमा एकभब्य समारोहकाबीच सम्पन्न हुँदैन । ‘मिस्टर सुपरनेसनल २०२१’ भरो भार्गोस, ‘मिस सुपरनेसनल २०१९’ एन्टोनियो पोर्सिल्ड र मिस सुप्रानेसनल अर्गनाइजेसनका क्रिएटिभ डाइरेक्टर आन्द्रे स्ले नेपाल आएका छन् । प्रतियोगीताको फाइनलमा सहभागी हुन उनीहरु नेपाल आएका हुन् । आयोजक सुनर्वि इन्टरनेशनल प्रा.लीले शनिबार साँझ एक पत्रकार भेटघाट कार्यक्रम गर्दै अन्तराष्ट्रिय ब्यक्तित्व कार्यक्रमको निर्णायकका लागि नेपाल आएको जानकारी गराएको हो । कार्यक्रममा आयोजक सुनर्वि इन्टरनेसनलका निर्देशक डा. सन्तोष उपाध्यायले प्रतियोगीताको फाइनलको तयारी पुरा भएको जानकारी दिए ।

‘मिस्टर सुप्रानेसनल २०२१’ का थर्ड रनरअप, ‘मिस्टर सुप्रास्टार २०२०’, ‘मिस्टर नेपाल २०१९’ विजेता समेत रहेका उपाध्याले अन्तराष्ट्रिय क्षेत्रमा लोकप्रिय ‘मिस्टर एण्ड मिस सुपरनेशनल’को राष्ट्रिय निर्देशकको रुपमा यस बर्षबाट नेपालमा भित्र्याएका हुन् । फाइनलमा २० प्रतियोगी उपाधिका लागि भिड्दैछन् । राजधानीमा पटक पटक आयोजित एकसय बढी सहभागी प्रारम्भिक अडिसनबाट फाइनल स्पर्धाका लागि यी प्रतियोगी छनौटमा परेका हुन् ।
२० प्रतियोगीले फिटनेस राउण्ड, ट्यालेन्ट राउण्ड, स्विम वेयर राउण्ड र टप मोडल राउण्ड हँुदै फाइनलसम्मको यात्रा तय गर्न सफल भएका हुन् । सोही क्रममा उनीहरुले ‘महिनावारी स्वच्छता व्यवस्थापन’, ‘सामाजिक प्रभाव प्रभावकारी’ को उप–शीर्षकको लागि उनीहरुको ग्रहणशिल सोशल मिडिया ह्यान्डलमा पोस्ट गर्ने कार्य समेत दिइएको थियो ।

प्रतियोगीताको फाइनल स्पर्धा साँझ ७ बजे आयोजना हुँदैछ । इमेज टिभीबाट प्रत्येक्ष प्रसारण समेत हुने प्रतियोगीतामा अन्तराष्ट्रिय ब्यक्तित्व भरो भार्गोस, एन्टोनियो पोर्सिल्ड, आन्द्रे स्ले, डा. सन्तोष उपाध्याय, सोनना अमात्य, किशोर महर्जन निर्णायक रहनेछन् ।
विवेक सिंह ठकुरी र रुविष्का श्रेष्ठको संचालन रहने नेपालमा भएको सौन्दर्य प्रतियोगितामा कुनै पनि ग्रान्ड स्लाम विजेता निर्णायक बन्न लागेको यो पहिलो पटक हो । कार्यक्रमको कोरियोग्राफर प्रशान्त ताम्राकार रहेका छन् । प्रतियोगिताका शिर्ष विजेता (१ पुरुष र १ महिला) ले पोल्याण्डमा हुने ‘मिस्टर एण्ड मिस सुपरनेसनल २०२२’ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन् । विजेताले जनही ७ लाख रुपैयाँ बराबरको पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा पछिल्लो समय सार्वजनिक यौन हिंसाको बिषयमा चर्चा गरिएको थियो । सहभागी अधिकाम्सले प्रतियोगिताले आत्मविश्वास निर्माण गर्दाै युवाहरूलाई आफ्नो अधिकारको लागि आवाज उठाउन सक्षम बनाउने धारणा राखेका थिए । प्रतियोगिताको फाइनलको टिकट इ–सेवा मार्फत समेत लिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्