Logo

तारा एयरको दुर्घटनाग्रस्त जहाज भेटियो, सबै यात्रुको मृत्यु……(भिडियो)

आईतबार बिहानदेखि सम्पर्कविहीन रहेको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । मुस्ताङस्थित टिभी अन्नपूर्ण संवाददाताले दुर्घटनास्थलबाट भर्खरै दुर्घटनाग्रस्त बिमानको फोटो पठाएका छन । उनका अनुसार मुस्ताङको थासाङ गाउँपालिका–२ को माथि मौरिकोटको पारिपट्टी हुम भन्ने गाऊँ नजिकै हिमालको खोचमा जलेर बचेका केहि विमानका टुक्राहरु र यात्रुको शव यत्रतत्र छरिएको अवस्थामा भेटिएको जनाएका छन ।

भर्खरै नेपाली सेनाको हेलिकप्टर र फिस्टेल एयरको हेलिकप्टर समेत उक्त स्थानमा पुगिसकेको छ । कास्कीको पोखराबाट आइतबार बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको थियो। १० बजेर २० मिनेटमा अवतरण हुनुपर्ने अल्फा इको ट्यांगो कल साइन भएको जहाज सम्पर्कविहीन भएको हो । विमानमा क्याप्टेन प्रभाकरप्रसाद घिमिरे, को(पाइलट उत्सव पोखरेल र एयर होस्टेज किस्मी थापा थिए । उक्त जहाजमा १३ नेपाली, ४ भारतीयसहित २ अन्य देशका नागरिक थिए ।

प्रतिक्रिया दिनुहोस्