Logo

काठमाडौंको फोहोर व्यवस्थापनमा सहयोग गर्न बालेनको हारगुहार, मुख्यमन्त्री सँग गरे यस्तो आग्रह

राजधानीलाई फोहोर मुक्त बनाउने एजेण्डासहित स्थानीय निर्वाचनमार्फत धेरै भन्दा धेरै मत ल्याएर मेयरमा पदमा विजयी भएका बालेन शाह सो बाचा पूरा गर्न रात दिन नभनी दौडधूप गरिरहेका छन् । काठमाडौंको फोहोर फाल्ने गरिएको सिसडोलका स्थानीयले अवरोध पुर्याउँदा यतिवेला उनलाई पहिलो एजेण्डा गाँसमै ढुंगा भनेझैं भएको छ ।

अघिल्लो स्थानीय सरकारले गरेका प्रतिवद्धता पूरा गर्नुपर्ने मागसहित सिसडोलबासी आन्दोलनमा उत्रिएपछि मेयर शाह संघीय र प्रदेश सरकारसँग सहयोगको आग्रह गरिरहेका छन् । तर तीनै तहको सरकारबीच उचित समन्वय हुन नसक्दा काठमाडौंमा फोहोरको थुप्रो लागिरहेको छ ।

हेर्नुहोस सिसडोल बासि सग मेयर शाहले गरेको कुरा कानी (भिडियो सहित)

 

  1. यसैक्रममा मेयर शाहले आज बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई भेटेर राजधानीको फोहोर व्यवस्थापनमा प्रदेश सरकारले पनि सहयोग गर्न आग्रह गरेका छन् । जवाफमा मुख्यमन्त्री पाण्डेले राजधानीको फोहोर व्यवस्थापनमा सहयोग गर्ने आश्वासन दिएका छन्। सिसडोलबासीको माग सम्बोधन गर्न साहले प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग पनि परामर्श गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्