Logo

गजलकार सुरेश वाग्लेको चलचित्र ‘बगान’ को गीत रिलिज

काठमाडौं

अभिनेता सरोज खनालले फिल्म ‘बगान’बाट निर्देशनमा डेब्यू गरेका छन् । आइतवार काठमाडौंको चाबहिलस्थित चलचित्र विकास बोर्डको हलमा फिल्मको बारेमा जानकारी दिँदै ‘इन्ट्रो टिजर’ र पहिलो गीत ‘तिम्रो सुन्दर आँखा’ सार्वजनिक गरियो । नयाँ र पुराना कलाकार समाबेश रहेको फिल्ममा सरोज खनालसँगै नीर शाह, बसुन्धरा भुषाल, मिथिला शर्मा, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, नव अभिनेत्री प्रमिला कार्कीलगायतको अभिनय छ । अभिनेत्री कार्कीले यहि फिल्म बाट डेब्यु गर्दैछिन।

 

 

सार्वजनिक ‘तिम्रो सुन्दर आँखा’ गीतमा सुरेश वाग्लेको शब्द, सुभाष भुषालको संगीत छ भने सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर रहेको छ । रोमान्टिक जनरको गीतको भिडियोमा आकाश र प्रमिला रोमान्टिक अवातारमा देखिएका छन् ।

निर्माता वाग्ले बिगत दुईदशक देखि अमेरिकामा बसोबास गर्दै आएका छन् । बिदेशी भुमिमा रहेर पनि उनले निरन्तर नेपाली गितसंगीतलाई माया गर्दै आएका छन्। उनले रचना गरेका गित तथा गजलले नेपाली सांगीतिक क्षेत्रमा इतिहासनै रचेको छ, भन्दा फरक नपर्ला । अब उनले गितसंगीत संगसंगै नेपाली चलचित्रमा पनि हात हालेका छन्। चलचित्रको बारेमा कुरा गर्दै निर्माता वाग्लेले कथावस्तुले मन छोएपछि लगानी गर्न तयार भएको बताएका छन् । चलचित्रले उठाएको विषयवस्तुले समाजलाई सकारात्मक सन्देश प्रवाह गर्ने उनको विश्वास छ ।

 

 

प्रतिक्रिया दिनुहोस्