Logo

इम्बोस्ड नम्बर प्लेट खारीजीको माग गर्दै बब्लु, बिमल र हेमराजको टिमले गरे मसाल जुलुस प्रदर्शन

काठमाडौं, २३ जेठ । नेपाल सरकारले साउन १ बाट इम्बोस्ड नम्बर प्लेट नराख्नेलाई कारबाही गर्ने भनेपछि विरोध चर्किएको छ । आज साझ इम्बोस्ड नम्बर प्लेटविरुद्ध मसाल जुलुस भएको छ । देशमा पैसाको संकट भएको बेला १३ अर्बौं रुपैया ईन्डियन कम्पनीलाई दिने नेपाली जनतालाई खाली लूटने भन्दै चर्को नाराबाजी गर्दै हाम्रो भाषा हाम्रो देश प्राण भन्दा प्यारो छ। लुटतन्त्र अन्त्य गर ,इम्बोस्ड नम्बर प्लेट बन्द गर जस्ता नाराबाजी गरेका छन।

युवाहरुले नेपाली भाषा मेटाउने खेल भएको भन्दै कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । जनतालाई लुट्न पल्केका देशका माफियाहरुलाई ठेगान लगाउने बेला आइसक्यो भन्दै राके जुलुस बालेर प्रदर्शनमा उत्रिएका हुन्। हचुवाको भरमा नेपाली जनतालाई लाद्न खोजिएको नीतिको बिरोध गर्नेछौ। केहि सिमित ब्यक्ति अनि संस्थाको फाइदाका लागि भन्दा पनि देशको हितका बारेमा सोच्न नेतृत्वलाई दबाब दिएका छन।

प्रतिक्रिया दिनुहोस्