Logo

मेयर बालेनलाई नबिल बैंकको साथ: शौचालयलाई सार्वजनिक रुपमा प्रयोग गर्न दिने (भिडियो)

काठमाडौं महानगरपालिका र नबिल बैंक बीच आज सम्झौता भएको छ। जस अनुसार केन्द्रीय कार्यालय र १८ वटा शाखाका शौचालयलाई बैंकले सार्वजनिक रुपमा प्रयोग गर्न दिनेछन्।  शौचालय प्रयोग गरे बापत बैंकले कुनै शुल्क लिने छैन भने शौचालयको मर्मत सम्भार, सफाइ र पानीको प्रबन्ध बैंकले गर्नेछ । यो सम्झौता ५ वर्षको हुने छ |

 

प्रतिक्रिया दिनुहोस्