Logo

द भ्वाइस अफ नेपालका भाइरल गायक कर्ण राज गिरीको “च्याप्पै समायो”बोलको भिडियो सार्वजनिक…(हेर्नुहोस भिडियो)

द भ्वाइस अफ नेपालका भाइरल गायक कर्ण राज गिरीको “च्याप्पै समायो”बोलको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक भएको उक्त गीतमा पछिल्लो समयका चर्चित “काटुन क्रु”का जुनियर ग्रूपको अभिनय देख्न सकिन्छ।

भिडियोलाई काटुन क्रु”का सरोज अधिकारीले निर्देशन गरेका छन् भने पवन सुसलिङको छायांकन रहेको छ । गीतमा कर्ण राज गिरीको स्वर, डिपी खनालको शब्द र शंकर थापा (स्माइलि)को संगीत रहेको छ । हिजो सार्वजनिक भिडियो अहिले युट्युबको ट्रेन्डिङमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्