Logo

सुनको भाउ बिहीबार २०० रुपैयाँले वृद्धि , चाँदीको मूल्य घटदो क्रममा

बुधबार प्रतितोला ९७ हजार ३०० मा कारोबार भएको सुनको भाउ बिहीबार २०० रुपैयाँले वृद्धि भएर ९७ हजार ५०० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको भाउ पनि ९७ हजारमा नेपाली बजारमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
बिहीबार चाँदी प्रतितोला एक हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । पछिल्लो दिन यता चाँदीको मूल्य घटदो क्रममा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्