Logo

मृत्यु हुनेको संख्या १००० नाघेको छ भने १५०० बढी घाइते

गएको भुकम्प पश्चात अफगानिस्तानको तालिवान सरकारले भूकम्प पीडितको उद्धार र राहतका लागि अन्तर्राष्ट्रिय समुदायसँग सहयोग मागेको छ । तालिवानका नेता अब्दुल कहार बाल्खीले भूकम्प प्रभावितलाई तत्काल आवश्यक राहत दिन सरकार आर्थिक रुपमा सक्षम नभएको बताएको छ ।

बुधबार बिहानै गएको भूकम्पमा परेर मृत्यु हुनेको संख्या १००० नाघेको छ भने १५०० बढी घाइते भएका तथ्याङ्क सार्बजानिक भएको छ ।भूकम्पबाट सबैभन्दा बढी प्रभावित पूर्वी प्रान्त पक्तिकामा ठाउँ ठाउँमा पहिरो गएको छ । उद्धारकर्ताले दोश्रो दिन पनि भत्किएका घरहरुमा खोजी तथा उद्धारको काम गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्