Logo

डलर मजबुती हालसम्म कै उच्च

अमेरिकी डलरको मजबुती बढ्दै जाँदा भारतसँग स्थिर विनिमय रहेको नेपाली रुपैयाँको अवमूल्यन हालसम्मकै उच्च बनेको श्रोतले जनाएको छ ।नेपाल राष्ट्र बैंकले बिहीबारका लागि एक अमेरिकी डलरको विनिमय दर १२५ रुपैयाँ ७२ पैसा तोकेको छ र बुधबार डलरको बिक्री मूल्य १२५ रुपयाँ २२ पैसा थियो । डलर मजबुती हालसम्म कै उच्च बनेपछि डलर खरिदका लागि लगानी गर्नुपर्ने नेपाली रुपैयाँ धेरै हुनेछ ।

डलर सञ्चिति र शोधनान्तर घाटा गहिरिएको बेला डलरको मजबुतीले अर्थतन्त्रमा थप संकट निम्त्याउने जोखिम बढ्ने जानकारहरु बताएका छन् । नेपाल राष्ट्र बैंककाअनुसार चालु आर्थिक वर्षको १० महिनामा अमेरिकी डलरसँग नेपाली रुपैयाँको अवमूल्ययन ३.७१ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्