Logo

नगरसभा सफलतापूर्वक सम्पन्न भएको भन्दै १ दिनका लागि सार्वजनिक बिदा

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले नगरसभा सकिएको उपलक्ष्यमा सार्वजनिक विदा दिएको छ । बाह्रविसे नगरपालिकाको असार ९ गते बसेको ११ औं नगरसभा सफलतापूर्वक सम्पन्न भएको भन्दै १ दिनका लागि सार्वजनिक बिदा दिइएको श्रोतले जनाएको छ।

सो नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमरप्रसाद भट्टले जारी गरेको सुचना अनुसार असार १० गते शुक्रबारका दिन सार्वजनिक विदा दिइएको छ । सूचनामा नगरपालिका एवं नगर अन्र्तगत रहेका सम्पूर्ण कार्यालयहरूमा सार्वजनिक विदा गर्न आदेशसहित अनुरोध गरिएको छ । नगरसभा सकिएको खुसीयालीमा किन सार्वजनिक विदा दिनुपरेको भन्ने जिज्ञासामा नगरप्रमुख बालकृष्ण बस्नेतले विगतदेखि नै नगरसभाको बैठकपछि सार्वजनिक विदा दिँदै आएकोले त्यसलाई निरन्तरता दिएको बताए । उनले भने–‘संघीय सरकारले पनि आइतबार बिदा दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्