Logo

राष्ट्रिय जनमोर्चाको देशव्यापी विरोध कार्यक्रम

सत्तारुढ दल राष्ट्रिय जनमोर्चाले महंगी,भ्रष्टाचार,कालोबजारी,मल,बीउ तथा पाठ्यपुस्तकको अभावविरुद्ध देशव्यापी विरोध कार्यक्रम गर्ने भएको छ । असार ८ गते बसेको केन्द्रीय समिति बैठकको निर्णयअनुसार विरोध प्रदर्शन गर्ने निर्णय गरेको अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिएका छन् ।

त्यस्तै सो पार्टीले महिलाहरु माथि सिलसिलेवार रुपमा भइरहेको हत्या, यौन हिंसाका घटनालाई नियन्त्रण गर्ने सवालमा सरकारले सामान्य प्रकारले पनि ध्यान नदिएको भन्दै सरकारको यस्तो गैरजिम्मेवार रवैयाका विरुद्ध असार १५ देखि २० गते कुनै दिन देशव्यापी रुपमा विरोध कार्यक्रम गर्ने निर्णय निर्णय गरेको छ ।

बैठकले आसन्न केन्द्र तथा प्रदेशको निर्वाचनका विषयमा बैठकमा सामान्य रुपमा छलफल गर्दै आगामी निर्वाचनमा पाँच दलीय गठबन्धनलाई कायम राख्नुपर्नेमा जोड दिएको छ ।

प्रतिक्रिया दिनुहोस्