Logo

रामबाबु गुरुङको नयाँ फिल्ममा बिपिन कार्की

अभिनेता बिपिन कार्की ‘कबड्डी’ सिरिजका निर्देशक रामबाबु गुरुङले निर्देशन गर्ने नयाँ फिल्ममा अनुबन्धित भएका छन् । यो अनटाइटल प्रोजेक्टका लागि बिहीवार यशोधा फिल्म्स र अभिनेता कार्कीबीच लिखित सहमति भएको छ । फिल्मबारे थप खुलाइएको छैन । अनुबन्धित भएपछि अभिनेता कार्कीले फिल्मको शीर्षक र अन्य कलाकार तय नभएको जानकारी दिएका थिए ।

फिल्ममा बिपिनले मुख्य भूमिका निर्वाह गर्दैछन् । केही समयअघि यो फिल्मको लागि अडिसन आह्वान गरिएको थियो । इलाममा फिल्म छायांकन भैरहेको छ । बलिउड प्रोजेक्ट ‘एनिमल’ सुटिङबीच बिपिन यो फिल्ममा ज्वाइन हुनेछन् । उनी भारततर्फ कहिले जान्छन् भन्ने टुंगो केही दिनमा लाग्नेछ । प्रसाद २ बिपिनको आगामी प्रोजेक्ट हो । ‘रचनात्मक विभेद’को कारण छड्के २ नगर्ने निर्णय उनले गरेका छन् भने नयनराज पाण्डेको उपन्यासमा आधारित ‘लू’मा काम गर्ने मौखिक सहमति जुटेको छ ।

प्रतिक्रिया दिनुहोस्