Logo

योगेश भट्टराईले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा देखिएको विवादबारे टिप्पणी

नेकपा एमालेका सचिव योगेश भट्टराईले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा देखिएको विवादबारे टिप्पणी गरे । एकीकृत समाजवादी पार्टीको अहिलेको अवस्थाले एमाले विभाजन नगर्न माधवकुमार नेपाललाई गरेको अनुनय र विनयको स्मरण गराएको बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘एकीकृत समाजवादी पार्टीको अहिलेको अवस्था देख्दा उ बेला मैले पार्टी विभाजन नगर्न कमरेड माधवकुमार नेपाललाई गरेको अनुनय, बिनय र एमाले विभाजनको औचित्य छैन भनी दिएको तर्क अनि नेपालको कम्युनिस्ट आन्दोलनलाई तहसनहस पार्ने षडयन्त्रको शिकार नबन्न गरेको अनुरोध र केहि भन्दा पनि उहाँले नमानेपछि कुनै दिन परिस्थिति तपाईंको काबुभन्दा बाहिर जाने छ भनेर उहाँबाट छुट्टिएको पलको स्मरण भइरहेको छ ।’

आफूले त्योबेला चिनेका खेलाडीहरु माधव नेपाल र झलनाथ खनालले विस्तारै चिन्दै जाने उनले बताएका छन् । ‘हेर्दै जाउँ हामीले त्यतिबेला नै चिनेका खेलाडीहरु कमरेड माधव नेपाल र कमरेड झलनाथ खनालले बिस्तारै चिन्दै जानुहुनेछ । आत्मबोध र पश्चाताप : सिर्फ कहिले ?,’ योगेशको प्रश्न छ । नेकपा र एमाले कालमा माधव नेपाललाई साथ दिएका भट्टराई त्यतिबेला पार्टी विभाजनको विपक्षमा थिए । माधव नेपालले गतवर्ष भदौमा पार्टीले विभाजन गरी नेकपा एकीकृत समाजवादी बनाएपछि योगेशले एमालेमै बस्ने निर्णय लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्