Logo

एमालेले नगरसभा बहिष्कार गरेपछि हेटौंडाको नगरसभा बैठक स्थगित

नेकपा एमालेले नगरसभा बहिष्कार गरेपछि हेटौंडाको नगरसभा बैठक स्थगित भएको छ । एमालेको बहिष्कारपछि नगरसभामा गणपुरक संख्या नपुगेकाले हेटौंडा उपमहानगरपालिकाको नगरसभा १२ गते सम्मका लागि स्थगित गरिएको छ । हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले आगामी १२ गते १ बजेका लागि नगरसभा आह्वान गरेकी थिइन् । हेटौंडा उपमहानगरपालिकाको नगरसभा कुल ९५ सदस्यमध्ये ४० जनाले उपस्थिति पुस्तिकामा हस्ताक्षर गरेका थिए ।

नगरसभामा गठबन्धनका सदस्यहरु उपस्थित भएका थिए भने एमालेका सदस्यहरु सभाहल बाहिर बसेर बहिष्कार गरेका थिएन । हेटौंडा उपमहानगरपालिकाको नगरसभा सञ्चालन कार्यविधिअनुसार नगरसभा सञ्चालनका लागि ४८ जना सदस्यको उपस्थित हुनुपर्ने व्यवस्था रहेको छ । एमालेले मेयरको अधिकार कटौती गर्नुपर्ने माग राख्दै पहिलो कार्यपालिकाको बैठकमा बैठक सञ्चालनको कार्यविधि संशोधनको प्रस्ताव गरेको थियो । उक्त प्रस्तावमाथि सहमति नजुटेपछि बैठक बहिष्कार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्