Logo

‘पार्टीसँग बार्गेनिङ गर्ने छुट कुनै पनि मन्त्रीलाई छैन’ : प्रवक्ता जगन्नाथ

नेकपा एकीकृत समाजवादीले मन्त्री हेरफेरबारे पार्टीको निर्णय तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेको छन् । पार्टीको केन्द्रीय समितिको बैठकले मन्त्रीहरू हेरफेरको निर्णय कार्यान्वयन गर्न अब प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नपर्खने निष्कर्ष निकालेको हो ।मन्त्रीहरू फेरबदल गर्ने निर्णय तत्काल लागू नगरे पार्टीले त्यसलाई अपमान सम्झने पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका छन् । उनले भने, ‘तपाईंहरुको हेलचेक्र्याइँ हामीलाई पार्टीभित्र खेलेको जस्तो महसुस भएको छ ।’

खतिवडाले मन्त्रीहरूले माग गरेजस्तो नयाँ मन्त्रीहरूको सूची संशोधन नहुने पनि स्पष्ट पारेका थिए । उनले पार्टीले गरेको हुबहु लागू हुने बताएका छन् । ‘पार्टीसँग बार्गेनिङ गर्ने छुट कुनै पनि मन्त्रीलाई छैन,’ उनले भने। आजको बैठकमा धेरै मन्त्रीहरू अनुपस्थित रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्