Logo

दाउरा निकाल्ने क्रममा डुंगा दुर्घटना हुदा एक जना बेपत्ता

सुनसरीको बराहक्षेत्र नगरपालिका-२ स्थित सप्तकोशी नदीमा शनिबार डुंगा दुर्घटना हुँदा एक जना बेपत्ता भएको जानकारी आएको छ ।बेपत्ता हुनेमा स्थानीय अमर विष्ट रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिएका छन् । बाढी आएको बेलामा कोशी नदीमा दाउरा निकाल्ने क्रममा डुंगा दुर्घटना भएको प्रहरीले जनाएको हो ।

चार जना युवा डुंगामा सवार रहेकामा स्थानीय दुर्गा काफ्ले, टीकराम बस्नेत र नितेश बस्नेतलाई सकुशल उद्धार गरिएको छ भने विष्ट बेपत्ता भएको प्रहरीले जानाकारि दिएको छ ।

बेपत्ता भएका विष्टको खोजी भइरहेको छ। गोताखोर टोली, प्रहरी, स्थानीयबासीले खोजी गरिरहेको छ। खोजीकार्यलाई तीव्रता दिन सुरक्षा निकायलाई नगर प्रमुख रमेश कार्कीले आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्