Logo

पोखराको सडक भासिँदा एक घरसमेत जोखिममा

पोखराको फिर्केखोला नजिकै सडक भासिएको छ। आज बिहान सडक भासिँदा एक घरसमेत जोखिममा परेको स्थानीय बासिन्दाले जानकारी दिएका छन्।

पोखरा महानगरपालिका वडा नम्बर ४ स्थित बुढानिलकण्ठ किरियाकर्म अगाडिको सडक भासिएको हो। करिब १० मिटर सडक भासिएको छ।

सडक भासिएको ठाउँको पोखरा महानगरकी उपमेयर मञ्जुदेवी गुरूङले अवलोकनसमेत गरेकी सकेकी छन्।

प्रतिक्रिया दिनुहोस्