Logo

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ बाट अब्दुस मियाँले स्वतन्त्र उम्मेदवारी दिने

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ बाट अब्दुस मियाँले स्वतन्त्र उम्मेदवारी दिने भएका छन्।

विवेकशील साझाको युवा संगठनको संयोजक रहेका मियाँले पार्टी त्यागेर स्वतन्त्र उम्मेदवारी दिने बताएका हुन्। उनले स्वतन्त्र हैसियतमा उम्मेदवारी दिने बताएका छन् । प्रतिनिधि सभामा सक्षम र स्वतन्त्र युवाहरू आउनुपर्ने र कानून निर्माताका रूपमा युवाको सहभागीता बढ्नुपर्ने आफ्नो भनाइ रहेको मियाँ बताउँछन्।‘देशभरका १६५ निर्वाचन क्षेत्रहरूबाट सक्षम युवालाई उम्मेदवारी दिन म आह्वान गर्दछु,’ उनले भने। अब हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफूले काठमाडौं ६ बाट उम्मेदवारी दिने उनले घोषणा गरेका हुन्।

उनले नेपाललाई शान्ति क्षेत्र बनाउन पहल गर्नेजस्ता एजेन्डा अघि सारेका छन्। उनले विवेकशील साझाप्रति लक्षित गर्दै तत्कालीन अध्यक्ष रवीन्द्र मिश्रले ल्याएको दस्तावेजको ‘च्याप्टर नै क्लोज’ भएको बताएका छन्। ‘पार्टीमा अध्यक्षले ल्याएको प्रस्तावमा पार्टीभित्रै विभिन्न धारणा थिए। त्यसले सही ट्याक लिन नसकेपछि पार्टी अहिले कोमामा छ, त्यो च्याप्टर क्लोज भयो,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्