Logo

नेपालमा बड्न थाल्यो कोरोना संक्रमितको संख्या

पछिल्लो २४ घण्टामा नेपालमा थप ४१ जनामा कोभिड–१९ (कोरोनाभाइरस) को सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ३ हजार ३५८ जनामा पीसीआर परीक्षण गर्दा ३६ जना र एन्टिजेन परीक्षण गर्दा ५ जना गरि ४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौँ जिल्लाका रहेका छन् ।

काठमाडौंमा १८ जनामा सङ्क्रमण पुष्टि हुँदा ललितपुरमा ३ जनामा सङ्क्रमण पुष्टि भएको छ । २४ घण्टाको अवधिमा थप २० जना सङ्क्रमणमुक्त भएका छन् भने निको हुने दर ९८.८ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्