Logo

छोराको खुर्पा प्रहारबाट आमाको मृत्यु

चितवनको माडी नगरपालिका-६ स्याउलीबासमा छोराको खुर्पा प्रहारबाट आमाको मृत्यु भएको छ ।

स्याउलीबास निवासी अन्दाजी ३६ बर्षका अर्जुन तामाङले खुर्पा प्रहार गर्दा आफ्नै आमा अन्दाजी ५५ बर्षकी मायादेवी तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले बताएका छन् ।अर्जुनलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । शवलाई मुचुल्का गरेर भरतपुर पठाउने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्