Logo

गुडिरहेकै ट्रकमा आगो लागेपछि…

जनकपुरधाम : सप्तरीमा एक मालबाहक ट्रकमा आगलागी भएको छ ।

पूर्व- पश्चिम राजमार्ग अन्तर्गत हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित धकंकालिनी मन्दिर र कोशी व्यारेजको बीचमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना. ६ ख ५२ ६३ नम्बरको ट्रकमा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

आगलागीबाट ट्रकको अगाडिको भाग जलेर पूर्ण रुपमा क्षति भएको छ ।

सशस्त्र प्रहरी बेस क्याम्प भारदहमा सशस्त्र प्रहरी निरीक्षक किसमान तामाङका अनुसार ट्रकको वाइरिङ सर्ट भएर आगलागी भएको पाइएको छ ।

सोमबार राति १२ बजेतिर ट्रकमा आगलागी हुँदा केहि बेर राजमार्ग नै अवरुद्ध भएको निरीक्षक तामाङले बताए ।

प्रतिक्रिया दिनुहोस्