Logo

अभिनेता भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि दौडधुप

चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि मंगलबार मध्यान्हसम्म दुई जनाले आवेदन दिएका छन् । सञ्चार मन्त्रालयअन्तर्गतको संस्थान समन्वय शाखाले दिएको जानकारीअनुसार निर्देशक सम्झना उप्रेती र अरुण प्रधानले आवेदन दिएका छन् ।आवेदनको म्याद सकिन पाँच दिन बाँकी छ । अध्यक्ष बन्नका लागि दौडधुप गरिरहेका अर्का आकांक्षी तथा अभिनेता भुवन केसी अझै ‘पर्ख र हेर’को मनस्थितिमा छन् । उनी अध्यक्ष बन्नका लागि आन्तरिक गृहकार्य गरिरहेका छन् ।अध्यक्ष बन्ने निश्चित भएपछि मात्र आवेदन दिने मनस्थितिमा भुवन रहेको निकट स्रोतले जानकारी दियो ।

‘उहाँ अझै पनि शक्तिकेन्द्रसँगको लबिङमा हुनुहुन्छ । अध्यक्ष बन्ने निश्चित बन्ने भएपछि मात्र आवेदन दिने तयारी छ । अन्तिम समयसम्म पनि दिन सक्नुहुन्छ,’ स्रोतले भन्यो ।अध्यक्ष पदका लागि नरेश पौड्याल, रमेश बुढाथोकीसहित कांग्रेस निकट अन्य फिल्मकर्मी पनि आकांक्षी छन् ।

प्रतिक्रिया दिनुहोस्