Logo

हङकङको तैरिने रेस्टुरेन्ट डुबेको होइन, पल्टिएको मात्र हो’ – एबरडीन

हङकङ : हङकङको जम्बो तैरिने रेस्टुरेन्टबारे विवरण थप रहस्यमय बन्दै गएको छ । रेस्टुरेन्ट पल्टिएको मात्र विवरण सार्वजनिक भएपछि दुर्घटना थप रहस्य बनेको हो ।

यसअघि सो रेस्टुरेन्ट डुबेको विवरण सार्वजनिक भएको थियो ।

सोमबार एबरडीन रेस्टुरेन्ट इन्टरप्राइजेजले एक विज्ञप्ति जारी गर्दै उक्त जहाज आइतबार दक्षिण चीन सागरको पारासेल टापु नजिकै ‘प्रतिकूल अवस्थाको सामना’ गरेपछि पानीमा पल्टिएको बताएको छ ।

घटनास्थलमा पानीको गहिराई १ हजार मिटरभन्दा बढी भएको र यसले उद्धार कार्य प्रभावित भएको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्