Logo

किन आयो चिनीयाँ प्राविधिक टोली नेपाल ? यस्तो छ कारण –

काठमाडौं : दैलेखमा रहेको पेट्रोलियम खानी उत्खननका लागि चिनीयाँ प्राविधिक टोली नेपाल आइपुगेको छ । चिनियाँ प्राविधिक टोली सोमबार काठमाडौं आइपुगेको भुगर्भ विभागका सूचना अधिकारी नारायण बाँस्कोटाले जानकारी दिए ।

दैलेखको दुल्लु नगरपालिका र भैरवी गाउँपालिकामा पेट्रोलियम पदार्थ रहेको र त्यसको उत्खनका लागि टोली नेपाल आएको हो । नेपाल आएको टोलीमा चिनका अवकास प्राप्त प्राध्यापक टान फुयनको नेतृत्वमा सात सदस्यिय चिनियाँ प्राबिधिक टोली नेपाल आएको हो ।

चिनियाँ जिओलोजिकल सर्भेको सो टोलीले करिब एक महिना नेपालमा बसेर दैलेखकको दुल्लु नगरपालिका वडा नम्बर १० को नाभिस्थान र भैरवी गाउँपालिकाको सिरिस्थानमा रहेको पेट्रोलियम खानीको थप अध्ययन गर्नेछ । चिनियाँ विज्ञ समुहले पेट्रोलियम पदार्थको उत्खननका लागि कहाँ कहाँ ड्रिल गर्ने भन्ने एकिन गर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्