Logo

युवतीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक जना पक्राउ

भक्तपुरमा एक युवतीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। २१ वर्षीया युवतीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक जना युवकलाई मंगलबार बिहान पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिएको छ। पक्राउ पर्नेमा सूर्यविनायक नगरपालिका-२ बालकोट बस्ने २५ वर्षीय मनिष खत्री छन्।

गएराति उनले सूर्यविनायक नगरपालिका-९ बासघारीस्थित रुहोसा रिसोर्टमा युवतीमाथि बलात्कार गरेको प्रहरीले जनाएको छ। बलात्कार गरेको भन्ने सूचना पछि प्रहरी वृत्त जगातीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।

प्रहरी वृत्त जगातीले थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्