Logo

मनसुनजन्य विपदबाट यसवर्ष कुन प्रदेश कति जोखिममा ?

काठमाडौं : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यसवर्ष ९२०७९ साल० मनसुनजन्य विपद्का घटनाबाट देशभर २० लाख जना प्रभावित हुने बताएको छ ।

बाढी, पहिरो, भारी वर्षा, डुबान लगायतका कारणबाट उक्त संख्यामा मानिसहरु प्रभावित हुने प्राधिकरणले जनाएको छ ।

‘प्रारम्भिक रूपमा यसवर्ष मनसुनजन्य विपद्बाट १७ लाख जनसंख्या प्रभावित हुने अनुमान गरिएकोमा मनसुन नजिकिँदै जाँदा जिल्लागत र प्रदेशगत रूपमा गरिएको अध्ययन अनुसार लगभग २० लाख जनसंख्या र ४ लाख २१ अजार घरधुरी प्रभावित हुनसक्ने अनुमान गरिएको छ,’ प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले न्युज कारखानासँग भने ।

२०२० सम्म गृह मन्त्रालयको डिआरआर पोर्टल, विपद् पोर्टल, जलोत्पन्न प्रकोप विभाग र विश्व खाद्य उपलब्ध तथ्याङ्कको आधारमा संयुक्त राष्टट्रसङ्घीय आवासीय प्रतिनिधिको कार्यलयको सहयोगमा २०७९ सालको मनसुनमा प्रभावित हुनसक्ने जनसङ््ख्ययाको आँकलन गरिएको उनले जनाए ।

विपद्का घटनाबाट सबैभन्दा बढी प्रदेश नं. १ मा ५ लाख ७० हजार २८४ र सबैभन्दा कम कर्णाली प्रदेशमा लगभग ५४ हजार ९५५ जना प्रभावित हुनसक्ने अनुमान गरिएको छ ।

यसवर्ष मधेश प्रदेशमा ४ लाख ६५ हजार ४९५, बागमती प्रदेशमा १ लाख ४६ हजार ८२८, गण्डकी प्रदेशमा १ लाख १९ हजार १९८, लुम्बिनी प्रदेशमा ३ लाख ७९ हजार ९०२ र सुदूरपश्चिम प्रदेशमा २ लाख ६३ हजार ३१३ जना प्रभावित हुने अनुमान प्राधिकरणको छ ।

२०७९ सालको मनसुन जेठ १८ गतेबाट सुरू भई असोज १४ गतेसम्म रहने जल तथा मौसम विज्ञान विभागले अनुमान गरेको छ । यस चार महिनाको मनसुनको अवधिमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने हुने सम्भावना रहेको छ ।

प्रदेश नं. १ का तराईका भूभागहरू, बागमती प्रदेशका उत्तर पूर्वी भूभाग, गण्डकी प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेश, कर्णाली प्रदेशका उत्तर पश्चिमी भूभाग तथा सुदूरपश्चिम प्रदेशका उत्तरी भू-भागहरूमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको प्राधिकरणले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशका पूर्वी भूभाग, कर्णाली प्रदेशका मध्य भूभाग गण्डकी प्रदेशका मध्य भूभाग र प्रदेश नं. १ को मध्य भूभागहरूमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको छ ।

गण्डकी प्रदेशका उत्तरी भूभाग र सुदूरपश्चिम प्रदेशका मध्य तथा पश्चिमी भूभागहरूमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको छ।

गण्डकी प्रदेशका उत्तरी भूभाग र सुदूरपश्चिम प्रदेशको मध्य तथा पश्चिमी भूभागहरूमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ ।

प्रदेश नं.१ का उत्तरी भूभाग, बागमती प्रदेशका दक्षिणी भूभाग र मधेश प्रदेशका अधिकांश भूभागहरूमा सरदर वर्षा हुने ३५ देखि ४५ प्रतिशत सम्भावना रहेको छ।

त्यसैगरी यो वर्षको मनसुनको समयमा देशका अधिकांश भूभागमा अधिकतम तापक्रम औसत र औसतभन्दा कम हुने र अधिकांश भागमा न्यूनतम तापक्रम औसत तथा औसतभन्दा बढी हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्