Logo

थप ४४ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाण्डौं : नेपालमा थप ४४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७९८ जनामा परीक्षण गर्दा पीसीआर विधिबाट ३८ तथा एन्टिजेन विधिबाट ६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

नयाँ सङ्क्रमितमध्ये सबैभन्दा धेरै काठमाडौँका १७ जना रहेका छन् भने ललितपुरका ६ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्