Logo

ठगी गरेको आरोपमा १ जना पक्राउ

१४ असार, काठमाडौं : कामका लागि स्लोभाकिया पठाइ दिन्छु भन्दै ३ जनाबाट ५ लाख रुपैयाँ ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गुल्मीको धुर्कोट घर भई काठमाडौंको समाखुसी बस्ने ३२ वर्षका ईन्द्रबहादुर पछाई रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखा मिनभवनका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

उनले स्लोभाकिया जानका लागि ९ लाख रुपैयाँ लाग्छ र १ लाख ३० हजार रुपैयाँसम्म मासिक तलब हुन्छ भन्दै नवलपुरको कावासोती घर भई काठमाडौं बस्ने रोसन भण्डारीसहित ३ जनासँग ५ लाख रुपैयाँ लिएको प्रहरीको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्