Logo

एन्फा अध्यक्ष नेम्वाङलाई फिफा अध्यक्ष जियानीको बधाई

१४ असार, काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष पंजकविक्रम नेम्वाङलाई विश्व फुटबल महासंघ फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

६ असारमा निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै नेम्वाङ एन्फा अध्यक्षमा निर्वाचित भएका थिए ।

त्यसको आठ दिनपछि फिफा अध्यक्ष जियानीले पत्रमार्फत बधाई दिएका हुन् ।

जियानीले नेम्वाङको ज्ञान, नेतृत्व, अनुभवले फुटबलको विकासमा टेवा पुर्‍याउनेमा विश्वास व्यक्त गरेका छन् ।

यस्तै, उनले नेम्वाङको टिममलाई शुभकामना र सफलताको कामना गरेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्