Logo

अब विमानले काठमाडौंबाहिर रात्रि बिसान गर्नुपर्ने

काठमाडौं : सोमबारदेखि वायुसेवा कम्पनीका विमानहरुको उडान अनुमतिपत्र अनुसार नै रात्रिकालीन पार्किङ (बिसान) थालेका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान सुरक्षालाई थप सुदृढीकरण गर्ने भन्दै ७ असारदेखि आन्तरिक उडान गर्ने हेलिकप्टर र विमानलाई उडान अनुमतिपत्रले तोकेको विमानस्थलमै राख्नुपर्ने गरी सर्कुलर जारी गरेको थियो ।

त्यसैअनुसार सोमबार साँझबाट विभिन्न वायुसेवा कम्पनीका विमानले धनगढी, नेपालगञ्ज, विराटनगर लगायतका विमानस्थलमा रात्रिकालीन बिसान गरेका छन् । उनीहरुले सोही विमानस्थलबाट पहिलो उडान पनि भरेका छन् ।

दुई दिनको समय दिएर धेरै वायुयानलाई उपत्यकाबाहिर रात्रि बिसान गर्न जानुपर्ने व्यवस्था गरेपछि वायुसेवा सञ्चालकहरु आन्दोलित भएका थिए । तर, नेपाल वायुसेवा सञ्चालक संघसँग प्राधिकरणले सम्वाद गरेर निर्णय कार्यान्वयन गर्ने बाटो खोलेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्