Logo

भुपेन्द्र बुढाथोकीले पाए उत्कृष्ट गीतकारको अवार्ड

काठमाण्डौं : प्रहरी निरिक्षक भुपेन्द्र बुढाथोकीले उत्कृष्ट गीतकारको अवार्ड प्राप्त गरेका छन् ।

‘दोस्रो राष्ट्रिय ब्राण्ड म्युजिक अवार्ड २०७८’ मा उनले ‘धोका माथी धोका’ बोलको गीतबाट आधुनिक गीतकार अवार्ड प्राप्त गरेका हुन् । उनले २०७५ मा पनि उत्कृष्ट गीतकारको अवार्ड जितेका थिए ।

वरिष्ठ गायक अमर बिरही गुरुङ ‘लाइफटाइम अचिभमेन्ट’ सम्मानबाट सम्मानित भएको कार्यक्रममा ‘पत्रकारिता सम्मान’ नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेल, ‘गीतकार स्रष्टा सम्मान’ बि पाण्डे, ‘दशक स्रष्टा सम्मान’ कारण न्यौपाने, ‘डिजीटल प्रविधि सम्मान’ राजेन्द्र अर्याल, ‘दशक मोडल सम्मान’ सनम कठायत ,‘एक्सेलेन्ट आर्टिस्ट अवार्ड’ लक्ष्मण श्री र ‘सामाजिक महिला अभियन्ता सम्मान’ सरु सुनारले प्राप्त गरे ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल, सांसद सुजाता परियार, गीतकार सरोज कोइराला, पूर्व वरिष्ठ प्रहरी उपरिक्षक तथा गीतकार मिलन बस्नेत लगायतले सम्मान प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्