Logo

१५ दिनमा हलेसी मन्दिरको भेटी करिब ४ लाख

हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको साझा आस्थाको केन्द्र हलेसी मन्दिरबाट १५ दिनको अवधिमा करिब ४ लाख रुपैयाँ बढी भेटी संकलन भएको छ । जेठ ९ गतेदेखि २३ गतेसम्मको अवधिमा मन्दिर दर्शन तथा अवलोकनका लागि आएका दर्शनार्थी तथा पर्यटकबाट ३ लाख ८५ हजार ७ सय २० रुपैयाँ भेटी संकलन भएको हलेसी सूचना केन्द्रले जनाएको छ ।

हलेसी महादेव मन्दिरको शिव–पार्वती थानबाट २ लाख २१ हजार ५ सय, मन्दिरको प्रांगणमा रहेको दानपेटिकाबाट ८५ हजार १ सय २० र बसाहा गुफामा रहेको दानपेटिकाबाट ७९ हजार १ सय रुपैयाँ भेटी संकलन भएको सूचना केन्द्रका प्रमुख सयन्द्र राईले जानकारी दिनुभयो ।

भेटीको रकमबाट हलेसी बजारलगायतका क्षेत्र र मन्दिरमा रहेको सार्वजनिक शौचालयको हचको सरसफाइ, बिजुली र पानीको महसुल, दूध, दही, खाजा, भेटी गणना, अतिथि सत्कारलगायतमा १ लाख ६७ हजार ५ सय २० रुपैयाँ खर्च भएको छ । खर्च कटौतीपछि बाँकी रहेको रकम २ लाख १८ हजार २ सय रुपैयाँ माछापुच्छ्रे बैंक हलेसी शाखामा रहेको मन्दिर व्यवस्थापन समितिको खातामा जम्मा गरिएको छ ।

यस्तै यस अवधिमा दर्शनार्थी तथा पर्यटकले भा.रु. २ हजार ४ सय ७० र चाँदी ३.७ ग्राम चढाएका सूचना केन्द्रले जनाएको छ । हलेसी मन्दिरको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास छ ।

 

प्रतिक्रिया दिनुहोस्