Logo

काठमाण्डौमा हैजाको त्रास : ‘डीएफटीक्यूसी’ नम्बर उल्लेख भएको जारको पानीमात्र पिउन आग्रह

काठमाण्डौ उपत्यकामा प्रयोग भइरहेको सबैजसो पानीका स्रोतमा हैजाका जीवाणु ‘इक्रोलाई’ भेटिएपछि सरकारले उपभोक्ता सचेत गराएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आज एक सूचना प्रकाशित गर्दै प्रशोधित पिउने पानीको बोटल र जारको लेवलमा ‘डीएफटीक्यूसी’ नम्बर उल्लेख भएको तथा बिर्को सिलबन्दी भएको सुनिश्चित गरेरमात्र प्रशोधित पिउने पानी उपभोग गर्न सचेत गराएको गरेको हो।

डीएफटीक्यूसी नम्बर उल्लेख नभएको र बिक्री सिलबन्दी नभएको जार वा बोटलको पानी उपभोग नगर्न विभागले आग्रह गरेको छ।
यसैगरी विभागले गुण नियन्त्रण विभाग वा मातहतका कार्यालयहरुबाट अनिवार्य रुपमा खाद्य ऐन नियमनअनुसार अनुज्ञापत्र लिई नवीकरण अद्यावधिक गराई मात्र उत्पादन तथा बिक्रीवितरण गर्न प्रशोधित पिउने पानी उद्योगहरुलाई निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस्