Logo

यस कारण सबै फेल भएछन् त्रिवि सेवा आयोगले लिएको परीक्षामा

काठमाडौं : त्रिभुवन विश्वविद्यालय सेवा आयोगले लिएको प्रशासनिक तथा प्राविधिकतर्फको १०२ पदको परीक्षामा सबै परीक्षार्थी अनुतीर्ण भएका छन् ।

आयोगले मंगलबार सार्वजनिक गरेको उपप्रशासक, शाखा अधिकृत, मुख्य कार्यालय सहायक, आर्थिक उपनियन्त्रक र लेखा अधिकृत पदको खुलातर्फको परीक्षामा एकजना पनि परीक्षार्थी उतीर्ण हुन सकेनन् ।

उपप्रशासक पदमा ४ जनाको माग गरिएकोमा १२ जनाले लिखित परीक्षा दिएका थिए । शाखा अधिकृतमा ४० पदका लागि ५४२ जना, मुख्य कार्यालय सहायकमा ४३ पदका लागि ७७७, आर्थिक उपनियन्त्रकमा दुई पदका लागि ३, लेखा अधिकृत १५ पदका लागि १२९ ले परीक्षा दिएका थिए ।

तर ती पदमा एक जना पनि परीक्षार्थी उतीर्ण भएनन् ।

परीक्षामा मर्यादा विपरीत गतिविधि गर्ने १३८ जनाको परीक्षा रद्द गरिएको पनि आयोगले जनाएको छ ।

हेर्नुहोस् त्रिविले जारी गरेको सूचना

प्रतिक्रिया दिनुहोस्